
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । नेकपा (एमाले) प्युठानको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा विष्टले २ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा माधव शर्मा पौडेल २ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेगन सिंह कवरले २५१ मत प्राप्त गरे । मतदानमा ५ सय २३ मत खसेको थियो ।
सचिव इन्द्रमणि पोख्रेल, उप-सचिव हीरामणि भण्डारी र उप-सचिवमा ईश्वरा आचार्य निर्विरोध निर्वाचित भएका छन् । ८९ सदस्यीय जिल्ला कमिटीका सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको दशौँ अधिवेशनको महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij