Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कायो

जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कायो

  • काठमाडौं : जनता सामाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ । सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।

    images
    images
    images

    एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीका कारण गाडिएको बाँसहरू ढलेको छ ।

    टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीका कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए। उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताए ।

    मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथि त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो । मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताए। जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदै छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij