
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम पास भैसकेको र बजेटमाथिको छलफलसमेत चलिरहेको अवस्थामा प्रमुख राजनीतिक दलका नेताहरुबीच परामर्श भएको भएको छ । सोमबार बिहान मात्रै प्रमुख दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको हो ।
सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । तीन नेताबीच बजेट र छानबिन समितिको काम कारवाहीबारे छलफल भएको भएको बताइए पनि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई कसरी टुंग्याउन सकिन्छ भनेर दुई शीर्ष नेताहरुसँग छलफल गरेको बुझिएको छ ।
‘एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्रीले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्नु भएको हो, यो विषयमा अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएकाले तीन नेताहरुबीच छलफल भएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलको मुख्य विषय बनाइएको भए पनि प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सवाललाई पनि छलफलमा ल्याएका थिए ।
त्यसपछि बजेटका बारेमा छलफल गर्न होला भनेर छलफलमा पुगेका देउवा एकाएक प्रचण्डसँग पड्किएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij