
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार दिउँसो २ बजे मुम्बईबाट काठमाडौं आगमन भएका २७ वर्षीय भारतीय नागरिक गुल्शन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । एक्सरे मेसिनमा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) अस्वभाविक देखिएपछि प्रहरीले जाँच गरेको थियो ।
त्यसमा सुन जस्तो देखिएको पहेँलो लेपन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उक्त कपडा जाँच गर्दा अन्दाजी ५९८ ग्राम रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij