
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं : नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधि, विधान र प्रक्रियाविपरीत सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन् ।
त्यसलगत्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरूले पनि साथ दिएका छन् ।
महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij