
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चन्द्रागिरी घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् ।
उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो ।
उनले बाह्य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ । उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij