Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

गृहमन्त्री लामिछानेलाई शाहीको प्रश्न : मुटु छ कि छैन ?

गृहमन्त्री लामिछानेलाई शाहीको प्रश्न : मुटु छ कि छैन ?

  • काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले 'सहकारी रकम अपचलनमा संलग्न रहेका राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको तर रास्वाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमै रहन मिल्छ ?' भनेर प्रश्न गरेको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरक-फरक व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

    'यो संसद्मा दुईवटा कानुन छ कि एउटा कानुन ?,' शाहीले भने, 'गीता बस्नेत न सहकारी सदस्य, न त्यो कुनै पैसा लिने कुरामा सिग्नेचर गर्नुभएको छ । उहाँका ज्वाइँले पैसा लिनुहुन्छ, कृष्णसार रेस्टुरेन्टमा लगानी गर्नुहुन्छ । संसद्को सदस्य गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ तर त्यस्तै गरी गोर्खा मिडियामा पैसा आउँछ तर गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने ।'

    सहकारीको रकम अपचलनमा राप्रपाकी सांसद बस्नेतलाई कारबाही हुनुपर्ने तर त्यसरी नै रकम अपचलन गर्ने लामिछानेविरुद्ध पनि छानबिन हुनुपर्ने शाहको भनाइ थियो । 'गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ । त्यस्तै प्रवृत्ति अरुले गर्ने हो भने ती सबै सांसद हुन् वा प्रधानमन्त्री हुन् सबलाई कारबाही गर्नुपर्छ,' उनले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij