Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ

  • काठमाडौं । सप्तरीको भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २  राउण्ड र म्यागजिन २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेहरूमा श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका ८ बस्ने ४२ वर्षीय बमबहादुर तामाङ रहेका छन् ।

    images

    इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले बोदेबर्साइनबाट बिसनपुरतर्फ जाँदै गरेको स६प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij