Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

नाढी तालको अवस्था बेहाल

नाढी तालको अवस्था बेहाल

  • काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढी तालको अवस्था अहिले दयनीय छ । तालको पानी सुक्दा एक वर्षदेखि चौपायाको चरण क्षेत्र बनेको छ ।

    images
    images
    images

    ५२ विगाहामा फैलिएको प्राकृतिक तालको संरक्षण नहुँदा चरण क्षेत्रमा परिणत भएको स्थानीयबासीको भनाइ छ । माछा पालन तथा पर्यटनका लागि ख्याति कमाएका ताल सुकेर जाँदा गाउँपालिकालाई बर्सेनि एक करोडभन्दा बढीको क्षति पुगेको छ । २०७२ चैत २४ गते चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रमअन्तर्गत नेपाली सेनाले सौन्दर्यकरण गरेको तालको संरक्षण हुन नसक्दा ताल कुरुप समेत बनेको छ ।

    images

    राज्यको लगानीमा सौन्दर्यकरण गरिएको तालको हाल अहिले बेहाल बनेको स्थानीय पुनीत पासवानले बताएका छन् । ७ वर्ष पहिले नेपाली सेनाले सौन्दर्यकरण गरेको थियो। पर्यटकका लागि राम्रो गन्तव्य थियो। सुरुको वर्षहरूमा ठूलो मात्रामा पर्यटकहरू तालमा घुम्न आउँथे । स्थानीयवासीले रोजगारी समेत पाएका थिए । 

    स्थानीय व्यापार पनि फस्टाएको थियो । अहिले यो ताल चरण क्षेत्रमा परिणत भएको छ । तालमा रहेको डुङ्गाहरू समेत बिग्रेर गएको छ । पिकनिकका लागि बनाइएका संरचनाहरू पनि भत्केर गएको छ । संरक्षणको पर्खाइमा रहेको ताल प्रति कसैको चासो छैन । बर्सेनि करोडौंको आम्दानी दिने तालको अवस्था हेर्दा दुःख लाग्ने गरेको पासवानले बताए। स्थानीयबासीका लागि पनि बिहान बेलुकाको घुम्ने तथा समय व्यतीत गर्ने ठाउँ थियो । 

    ताल सुकेर जाँदा स्थानीय उद्योग व्यापारहरू चौपट भएको आरती होटलकी सञ्चालक सुरुज देवी जयसवालले बताएकी छिन् । सुरुका वर्षहरूमा व्यापार राम्रो हुन्थ्यो । अहिले घर भाडा तिर्न समेत समस्या छ । पहिले दिनमा ५/६ हजारको व्यापार हुन्थ्यो । अचेल एक हजारको पनि व्यापार हुँदैन । पसल लिएर अर्को स्थानमा जाउँ भन्दा पनि उपाय छैन । ताल फेरी राम्रो हुन्छ की भनेर आशा लगाएर बसेकी छु । ऋण लिएर पसल सञ्चालन गरेको थिएँ । साहुको पैसा समेत तिर्न समस्या भएको छ। ताल कुरुप बनेपछि धेरै व्यापारीहरू यहाँबाट पलायन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij