Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन

  • काठमाडाैं । सरकारले आफूहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

    images

    सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।

    सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले बताए । उनले आफ्नो बचत फिर्ता नपाउदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij