
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया म्याद थप गर्न आज फेरि अदालत लगिँदैछ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ ।
सिरोहियालाई म्याद थप गर्नका १०ः ३० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ । यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij