Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

शपथ बहिस्कार गरेका शाह कृषि मन्त्रालयमै फर्किए

शपथ बहिस्कार गरेका शाह कृषि मन्त्रालयमै फर्किए

  • काठमाडौं । शपथ बहिष्कार गरेका नेकपा (एमाले) सांसद विनोदकुमार शाह पुरानै मन्त्रालयमा फर्किएका छन् । आज शाहले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् । उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    यसअघि वैशाख १८ मा मुख्यमन्त्री यामलाल कँडेलले उनलाई कृषिमन्त्री नियुक्त गरेका थिए । तर भौतिक पूर्वाधार मन्त्रालयको माग गर्दै उनले शपथ वहिष्कार गरेका थिए ।

    त्यसपछि जेठ २ मा मन्त्रालय हेरफेर गरेर आफूसँगै राखेका थिए । एक साता नबित्दिै शाहले पुरानै मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

    कर्णाली प्रदेशमा कँडेल र शाहबीच गुटगत मतभिन्नता छ। शपथ ग्रहण बहिष्कार गरेर काठमाडौं पुगेका शाहलाई एमाले केन्द्रले पुरानै मन्त्रालयमा फर्किन निर्देशन दिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij