Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

'गृहमन्त्रीले राजीनामा गरेर मार्ग प्रशस्त गरिदिनुपर्छ'

'गृहमन्त्रीले राजीनामा गरेर मार्ग प्रशस्त गरिदिनुपर्छ'

  • काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद चन्दा चौधरीले गृहमन्त्री रवि लामिछानेले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छन् । पार्टी कार्यालयमा जारी कांग्रेसको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताइन् ।

    images
    images
    images

    'हामीले पहिले पनि उहाँले राजीनामा गरेर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भनिरहेका छौं । पार्टीले पनि त्यो निर्णय गर्ला,' उनले भनिन् । उनले संसदको प्रमुख प्रतिपक्षी दलले लाखौं सहकारी पीडितको न्याय माग्दा सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाइन् । उनले संसदमा प्रमुख प्रतिपक्षी दललाई पेलेर लैजाने सत्तापक्ष र सभामुखको भूमिकाप्रति प्रश्न गरिन् ।

    'सत्तापक्षले पेलेर लैजाने त कुरा छँदैछ । सभामुखज्युले पनि आफ्नो पदीय भूमिका निर्वाह गरिरहनुभएको छैन । यतिबेला हामी स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई स्मरण गरिरहेका छौं, जसले संसदमा यस्तो भूमिका कहिल्यै निभाउनुभएन,' उनले भनिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij