
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीले १७ महिनामा चारपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु बदनामीको विषय भएको बताएका छन् ।
'यो संसारलाई बदनाम होइन ? नेपाली जनताको अगाडि बदनाम होइन?,' उनले भने । यसले सत्तापक्षलाई कति संकट छ भन्ने कुरा पनि प्रष्ट हुने केसीले बताए।
'१७ महिनामा चार चार पटक विश्वासको मत लिनुपर्ने भनेपछि सत्तापक्षलाई कति संकट रहेछ। लोकतन्त्र र गणतन्त्रमाथि कति संकट थुप्रिएको रहेछ,' उनले भने ।
केसीले सत्ता र शक्तिका लागि जसले बदमासी गर्छ उसले मूल्य चुकाउनुपर्ने पनि बताए। 'सत्ताका लागि जे गर्न पनि तयार हुने उहाँहरूले हो नेपाली जनताका अगाडि हिसाबकिताब देखाउने,' केसीले भने ।
केसीले गणतन्त्र ल्याउनेहरूबाटै गणतन्त्रमा खतरा रहेको पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij