
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा प्रचण्डले आवश्यक परे जतिपटक पनि विश्वासको मत लिने बताएका हुन् ।
‘आवश्यक परे अरू ५/१० पटक पनि विश्वासको मत लिन्छु’, अब कतिपटक विश्वासको मत लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने ।
सोमबार प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत प्राप्त गरेका थिए । कांग्रेसले नाराबाजी गरिरहेको संसदको बैठकमा प्रचण्डले १५७ सांसदको समर्थन प्राप्त गरे ।
प्रचण्डले विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित तीन नेताबीच छलफल भएको छ ।
ओलीले प्रचण्डलाई बधाई दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij