Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुनः निर्वाचित

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुनः निर्वाचित

  • काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुनः निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुनःअध्यक्षमा निर्वाचित भएका हुन् ।

    images
    images
    images

    देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।

    त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij