
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकालाई सडक व्यवसायीहरूको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपाय सहितको कार्ययोजना पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
२०८० वैशाख २४ गते कार्ययोजना पेस गर्न दिएको आदेश महानगरले बेवास्ता गरेपछि सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुन: आदेश दिएको हो ।
सर्वोच्चले १५ दिनको म्याद तोकेर कार्ययोजना बनाउन र महान्यायाधिवक्ताको कार्यालयमार्फत् पेस गर्न भनिएको छ ।
‘१५ दिनभित्र कार्ययोजना तयार गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्नु अन्यथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४(२) बमोजिम इजलाससमक्ष पेस गरिने व्यहोराको जानकारीसमेत प्रत्यर्क्षीहरूलाई दिनू ।’ आदेशमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij