Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कलंकी बलात्कार घटनाः फरार युवक पक्राउ

कलंकी बलात्कार घटनाः फरार युवक पक्राउ

  • काठमाडौं । काठमाडौँको गेस्ट हाउसमा युवतीलाइ सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलान्चोक घर भई हाल बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् ।

    images
    images
    images

    दुई जनामाथि गत वर्षको भदौ २९ गते काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा परिवर्तित नाम ‘२६ वृत्त कालीमाटी ०८०/०८१ (३)’ लाई पटक–पटक बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    रेग्मीका अनुसार झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरिएको हो । दुवैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij