
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । बागमती प्रदेश सभाको बुधबार बसेको बैठकमा प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङले आफ्नो मातृ (तामाङ) भाषामा मन्तव्य राखेका छन् ।
उनले प्रदेश सरकारको कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा आएपछि पहिलोपटक तामाङ भाषामा मन्तव्य राखेका हुन् ।
बैठकमा बोल्दै तामाङले प्रदेश सरकारको कामकाजी भाषा ऐनको कार्यान्वयन भएकोले आफूले प्रदेश सभा बैठकमा तामाङ भाषामा बोलेको बताएका छन् । सांसद तामाङले अब प्रदेशमातहत र स्थानीय सरकारका संरचनामा भाषा अनुवादक नियुक्त गर्नुपर्ने बताए ।
तामाङ र नेवार समुदायको बाहुल्य रहेको बागमती प्रदेशमा प्रदेश सरकारले गत वैशाख २४ गतेबाट सरकारी कामकाजी भाषाको रूपमा नेपालीसँगै तामाङ र नेपाल भाषालाई पनि मान्यता दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij