Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

अमेरिकी विदेशमन्त्री ब्लिन्केन युक्रेनमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन युक्रेनमा

  • काठमाडौं । रुसले आक्रमण तीव्र पारिरहेकाे बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक युक्रेनको राजधानी किभ पुग्नुभएको छ ।

    images
    images
    images

    पोल्यान्डबाट नौ घण्टाको रात्रि यात्रापछि ब्लिन्केन किभ पुग्नुभएको बीबीसीले जनाएको छ ।

    रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका नौ वटा बस्ती कब्जा गर्दै खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको समयमा अमेरिकी विदेशमन्त्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

    केही समयदेखि अमेरिकी र युरोपेली सहयोग रोकिँदा युक्रेनी सेनालाई रुससँग लड्न हम्मेहम्मे परेको थियो । तर अहिले अमेरिकाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेर सैन्य सामग्री पठाइरहेकाले अब युक्रेनले रुससँग डटेर लड्ने तयारी गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij