Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको काठमाडौं महानगरको आरोप

सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको काठमाडौं महानगरको आरोप

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।

    images
    images
    images

    सोमवार महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो ।

    नेपालका लासिग टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर, ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।

    उनले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर, ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए ।

    महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि मानन्धरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij