
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद खुलाउने बल सरकारको कोटमा रहेको र संसदलाई अगाडि बढाउने जिम्मा पनि सरकारकै रहेको बताएका छन् । सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने उनको भनाइ छ ।
'सरकारले प्रमुख प्रतिपक्षी दललाई न्याय गरेको हामीले पाइरहेका छैनौं । संसद कसरी अगाडि बढाउने सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छ,' सभामुखले बोलाएको बैठकपछि उनले भने ।
उनले संसदले गर्ने काम नै जनताका जल्दा बल्दा कुरामा बहस गराउने रहेको प्रष्ट पारे । 'सहकारीमा अर्बौं रकम अपचलन भएको छ। उनीहरूको बचतको सुरक्षा ग्यारेन्टी गर्ने, समस्याको निकास दिने थलो संसद पनि हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij