
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मिलन दोलखामा फेला परेको ११ किलो सुन प्रकरणमा मुछिएका व्यक्ति हुन् ।
उनको मुद्दा सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा चलिरहेको छ । दुवै जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij