Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • काठमाडौं । विभिन्न मन्त्रालयका प्रस्तावमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार अपरान्ह बैठक बसेको हो । 

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको तस्वीरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव अनुपस्थित देखिन्छन् । २३ गते जसपा नेपाल विभाजन गरेका वन मन्त्री नवलकिशोर साह सुडी भने बैठकमा सहभागी भएका  छन् ।

    मन्त्रिपरिषद्को नियमित बैठकमा विभिन्न मन्त्रालयका एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले शुक्रवारदेखि प्रतिनिधिसभामा शुरू हुने संसद्को बजेट अधिवेशनमा केही विधेयक लैजाने निर्णय गर्ने सम्भावना छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij