
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्याली निकालेको थियो ।प्रहरीका अनुसार बिर्तामोड-५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij