
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । उपचारका क्रममा मंगलबार निधन भएका कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर गुरुङप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । विसं २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ विसं २०७३ मा श्रम तथा रोजगारमन्त्री समेत बनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij