
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेको थियो । सो कानुनको विरुद्धमा टिकटक मङ्गलवार अदालतमा गएको हो ।
चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ ।
अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर गरेका थिए ।
व्यवसाय बेच्ने प्रक्रियामा प्रगति भइरहेको देखिएमा कम्पनीले थप ३ महिनाको म्याद पनि पाउनेछ ।
टिकटकको व्यवसाय बेच्ने कुरा व्यावसायिक, प्राविधिक र कानुनी रूपमै समेत सम्भव नभएको टिकटकको तर्क छ । कङ्ग्रेसले इतिहासमै पहिलो पटक प्लेटफर्मको नाम तोकेर देशैभर प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
विदेशी स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम रहेको अमेरिकी कानुन निर्माताहरूले लामो समयदेखि तर्क दिँदै आएका थिए । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मै कार्यकारी आदेशमार्फत टिकटकमाथि रोक लगाउन खोजेका थिए । तर सो प्रयास असफल भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij