Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रधानमन्त्रीको निर्देशन– लाइसेन्सका समस्या तत्काल समाधान गर्नूस्

प्रधानमन्त्रीको निर्देशन– लाइसेन्सका समस्या तत्काल समाधान गर्नूस्

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को वर्तमान अवस्था र समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई बोलाएर छलफल गरेका छन् ।

    images
    images
    images

    सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले लाइसेन्सको वर्तमान अवस्था, विभागको सिस्टममा देखिएका समस्या, जनस्तरका विज्ञासालगायत विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् । त्यसक्रममा उनले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताए । त्यसलाई तत्काल सम्बोधन गर्न उनले निर्देशन दिए ।

    images

    उनले लाइसेन्सको डिजिटल सिस्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिए । उनले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ । तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नूस् । भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नूस् । 

     “सवारीचालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएकोलगायत गुनासो राख्ने गरेका छन्,” प्रधानमन्त्रीले भने, “लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नूस् ।”

    त्यसक्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपाय अपनाउँदा यो क्षेत्रको समस्या समाधान हुन्छ भन्नेबारे ठोस सुझाव प्रस्तुत गर्न समेत निर्देशन दिए ।छलफलमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायत अधिकारीहरूको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij