
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।
उनले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका छन् ।
एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालसहित केही सांसद नेपालसँग असन्तुष्ट छन् । यहीबेला पार्टी विभाजन नहोस् भन्नको खातिर बैठक बोलाइएको हो ।
जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि त्यसको खतरा आफ्नो दलतर्फ नसोझियोस् भनेर सांसदहरूलाई सम्झाउनका लागि उनले दलको बैठक बोलाएको स्रोतले बतायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij