Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ललितपुरमा भएको आगलागीमा तीन जना बालबालिकासहित पाँच जना घाइते

ललितपुरमा भएको आगलागीमा तीन जना बालबालिकासहित पाँच जना घाइते

  • काठमाण्डौ – ललितपुर महानगरपालिका वडा–१७ बाफलमा एउटा टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान भएको आगलागीमा परी तीन जना बालबालिकासहित पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    images
    images
    images

    घाइते हुनेहरूमा ३५ वर्षका सञ्जय गिरी र उहाँकी श्रीमती रुपा, १५ वर्षका छाेरा मीत तथा छाेरीहरू आठ वर्षकी एलिसा र तीन वर्षकी प्रिया रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँले आगलागीको कारण भने अझै खुल्न नसकेको बताउनु भयो ।

    images

    घाइते सबैको किस्ट अस्पतालमा उपचार भइरहेको छ । टहरोमा लागेको आगो निभाइएको छ ।

    ago.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij