Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

रौतहटमा ५ घर जलेर नष्ट

रौतहटमा ५ घर जलेर नष्ट

  • काठमाडौं । बिहीबार दिउँसो भएको आगलागीमा विनटोलमा ५ घर जलेका छन् ।

    images
    images
    images

    बिहीबार दिउँसो साढे १ बजे स्थानीय मोहिचन्द मुखियाको फुस र खपडाको छाना भएको कच्ची घरबाट आगो सल्किएर रामानन्द मुखिया, शिवजी बिन, राज नारायण मुखिया र हृदय नारायण मुखियाको घर गोठ जलेर नष्ट भएको छ ।

    images

    घर गोठ जलेर  अन्नपात, लत्ताकपडा, गरगहना, नगद सहित ७ लाख ५० हजार ५ सय रुपैयाँको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।

    आगलागीको खबर पाउनासाथ सुरक्षा वेसक्याम्प भलोहियाबाट सई भैरो बहादुर राईको कमाण्डमा गएको ७ जना, प्रहरी चौकी मधोपुरबाट असई शेख हुल सुल्ताहको कमाण्डमा गएको ७ जना, गौर नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij