
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब "कैसा मन मस्ताना प्यारे" प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन ।
दुई शय पृष्ठमा किताब तयार भएको छ । गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । गीतकार खतिवडा भन्छन, 'प्रेम भनेको सतही विषय नभई यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।'
ओ प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृतिको मुल्य भारु २०० रहेको छ । गतिको बनोट र प्रस्तुतिका जुन तरिका छन ती कलात्मक र बिम्वात्मक छन । शव्द शव्दमा गहिरो मनोविज्ञान अनौठो तबरले घुलित भएका छन । विवाहको विषयवस्तुमा पनि केहि गीत लेखेका छन ।
प्रस्तुत पुस्तकमा प्रस्तुत गरीएका गीतहमा प्रमका विभिन्न स्वरुपहरुलाई विभिन्न आयामहरुबाट ब्याख्या गरिएको छ । सरल र गेयात्मक रुपमा प्रमको विषय समेटिएको यस संग्रह रोमान्टिक गीतहरुको संग्रह नै बन्न पुगेको छ । खतिवडाका दर्जनौ नेपाली गीत चर्चित छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij