Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

  • काठमाडौं । बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका छन् ।

    images
    images
    images

    यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेशप्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभा बैठक अन्त्य भएको घोषणा गरेका हुन् । 

    प्रदेश सभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेशप्रमुखको कार्यालयबाट प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको जानकारी दिए । 

    चालू हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकार आगामी आव ०८१/८२ को प्रि–बजेट छलफल र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन बर्खे अधिवेशन आह्वान गर्ने तयारीमा लाग्ने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij