काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४०रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।