Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्युठानबाट भागेका आरोपी पाटनबाट पक्राउ

प्युठानबाट भागेका आरोपी पाटनबाट पक्राउ

  • काठमाडौं । प्युठानको स्वर्गद्वारीमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ललितपुर महांकाल गाउँपालिका–३ का २७ वर्षीय सरोज घलेलाई नियन्त्रणमा लिएको हो । उनी सवारी ज्यान मुद्दामा फरार थिए ।

    images
    images
    images

    २०७३ साल चैत ११ गते प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका-३ को रुमाले मा बा ८ च १५६१ नं.को जीप दुर्घटना भएको थियो ।

    दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको हो ।

    घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij