
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ३ युवती सहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णिमा राई, नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन ।
उनीहरूले क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । सो खेलबाट युवाहरूले करोडौ रुपैयाँ गुमाएको उजुरी परेको छ । उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले युवतीहरुको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij