Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

प्रचण्डसँगको एकता सहमति बाबुरामले खारेज गरे

प्रचण्डसँगको एकता सहमति बाबुरामले खारेज गरे

  • काठमाडौं । नेकपा माओवादीसँग गरेको एकताको सहमति नेपाल समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षले महिन्द्र राय यादव समूहले खारेज गरेको छ ।

    images
    images
    images

    यादवले पार्टी फुटाएपछि अध्यक्ष बाबुराम भट्टराईले आज केन्द्रीय कार्यकारिणीका नेतासँग छलफल गरेर सहमति खारेज गरेका हुन् ।

    images

    पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहित नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने बताइएको छ ।

    images

    बाबुरामसँग विभाजित भएर अर्का अध्यक्ष महिन्द्र यादव पक्षका नेताहरूले हिजो माओवादीसँग एकताको लागि चार बुँदे सहमति गरेका थिए ।

    शनिबार माओवादी केन्द्र र मन्हिन्द्र पक्षीय नेताको संयुक्त बैठकबाट पार्टी एकताका निम्ति तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

    सो बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij