Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कालीगण्डगी

बेपत्ता बालकको शव गोताखोरले निकाल्यो

बेपत्ता बालकको शव गोताखोरले निकाल्यो

१५ वर्षिय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।

  • काठमाडौं । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डगीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

    images
    images
    images

    सोही ठाउँ बस्ने १५ वर्षिय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।

    images

    सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की बाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गरिहाइ बाट निकालेको सशस्त्रले जनाएको छ ।

    उनको खोजी कार्यको लागि नं.२४ कालिका गण कास्किबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित १९ जनाको टोली परिचालन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij