
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोङको बुढीगंगा गाँउपालिकास्थित पुष्पलाल चोकमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । वृद्धा आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij