Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सम्मानपछि यी प्रहरीलाई एयरपोर्टबाट सरुवा

सम्मानपछि यी प्रहरीलाई एयरपोर्टबाट सरुवा

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतसँगको विवादमा संलग्न ३ प्रहरी अधिकारीको सरुवा भएको छ ।

    images
    images
    images

    गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ । माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो ।

    घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो ।

    तर, समितिको निर्देशन बेवास्ता गर्दै ती प्रहरी अधिकारीको सरुवा गरिएको हो । सरुवा गर्नुपनि एक प्रकारको कारबाही भएको प्रहरी स्रोतको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij