Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटना

  • काठमाडौं । कास्कीको रुपामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका-७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन् ।

    images
    images
    images

    लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका-६ घिमिरेथरमा दुर्घटना न्यौपाने गम्भीर घाइते भएकी थिइन् । 

    images

    उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । 

    सो दुर्घटनामा न्यौपानेका श्रीमान तथा मोटरसाइकल चालक वर्ष ३५ का बरुण न्यौपाने सामान्य घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij