Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महानगर घेराउ

महानगर घेराउ

  • काठमाडौं । काठमाडौँ महानगरको कार्यालयलाई फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले आज पनि  घेराउ गरेका छन् ।

    images
    images
    images

    रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

    ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन् ।

    उनीहरूले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् । नगर प्रहरीमा रहेर उनले अनुचित लाभ लिएर अकुत सम्पत्ति कमाएको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij