Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु

  • काठमाडौं । सर्लाही जिल्ला अदालतमा तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा निधन भएको छ ।

    images
    images
    images

    मङ्गलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीको बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको निधन भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामागम्भीर घाइते भएका किशोरीको बुवालाई सिन्धुली जिल्ला अस्पताल पुर्‍याइसकेपछि उनको निधन भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।

    images

    किशोरीकी बुवा सवार मोटरसाइकल चालक भने सामान्य घाइते भएको र उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । उता मृतकका आफन्तले भने किशोरीको बुवालाई षड्यन्त्र गरी मारिएको आरोप लगाएका छन् । किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए ।

    मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij