Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गौशला-२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

गौशला-२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ

  • काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

    ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ ।

    एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij