
May 19 2025 | २०८२, जेठ ५ गते
ललितपुर। ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव तुलसीबहादुर श्रेष्ठ र प्रहरी प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाल जिम्मेवारी दिएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनाललाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij