Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

तनहुँमा जिप दुर्घटना चालकसहित पाँच घाइते

तनहुँमा जिप दुर्घटना चालकसहित पाँच घाइते

  • काठमाडौं । तनहुँ आँबुखैरेनी गाउँपालिका-४ पावर हाउसमा जिप दुर्घटना हुँदा चालकसहित पाँच यात्रु घाइते भएका छन् ।

    images
    images
    images

    आँबुखैरेनीबाट मुग्लिङ जाँदै गरेको बा १७ च ७९६० नं को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकसहित जिपमा सवार यात्रुहरूमध्ये ५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।

    images

    घाइते चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनाको थप उपचारको लागि पुरानो मेडिकल भरतपुर, चितवनमा पठाइएको विष्टले बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij