Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

रानीमहलबाट ८७ लाख राजस्व सङ्कलन

रानीमहलबाट ८७ लाख राजस्व सङ्कलन

  • काठमाडौं । नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।

    images
    images
    images

    पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्त्व विभाग अन्तर्गत छ ।  विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानी महलको सरसफाइ, सौन्दर्यीकरण र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको घुइँचो लागेको र राजस्वमा वृद्धि भएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij