
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नयाँबस्तीमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ । काठमाडौं महानगरपालिका–६ नयाँबस्तीस्थित सिन्धुलीका ४५ वर्षीय मोहन कुमार श्रेष्ठको अनया इन्टरप्राइजेज रङ पसल र बुढानिलकण्ठ कपनका ४० वर्षीय नर्लिङ शर्माको राइडर ज्वाइन मोटरसाइकल पार्टस पसलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रङ पसलको १० लाख रूपैयाँ र मोटरसाइकल पार्टस पसलको ३० लाख रूपैयाँ गरी उक्त रूपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij