
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् । उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।
प्रदर्शनमा सहभागीहरुले एनसेल घोटालामा प्रधानमन्त्री/पूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग गरेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij