
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । तेल ट्यांकरको ठक्करबाट धनुषामा एकजनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका-९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ४१५२ नम्बरको तेल ट्यांकरले विपरीत दिशाबाट आइरहेको लु ८६ प ८४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका ३० वर्षीय सरोजकुमारमण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल, जनकपुरमा ल्याएको थियो र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij